कोरोना अपडेट: स्वास्थ्य मन्‍त्रालयले भन्यो- ‘सुत्केरी महिलाको मृत्युबारे अनुसन्धान गर्दैछौँ’

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ जेष्ठ ३, शनिबार (३ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

जेठ ३,काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले काभ्रेको धुलिखेल अस्पतालमा मृत्यु भएकी महिलाको मृत्युबारे अनुसन्धान भइरहेको बताएका छन । उनका अनुसार बैशाख २३ गते ती महिला शिक्षण अस्पतालमा भर्ना भएको र २४ गते उनि सामान्य तरिकाले सुत्केरी भएकी थिइन् । २५ गते उनि अस्पतालबाट डिस्चार्ज भएकी थिएन् । त्यसपछि सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–९ राम्चेस्थित उनि घर गएको र त्यसपछि उनमा ज्वरो,श्वासप्रश्वास सम्बन्धी समस्या देखिएको थियो ।

प्रवक्ता देवकोटाका अनुसार सो समस्या आएपछि स्थानीय अस्पतालमा उपचार गराएको र अवस्था जटिल बनेपछि थप उपचारको लागि धुलिखेल अस्पताल आउदै गर्दा मृत्यु भएको हो । उनले भने–यस सम्बन्धमा विस्तृत जानकारी लिइरेका छौँ । अन्य परिक्षण पनि भइरहेको छ । यसबारे थप जानकारी मन्त्रालयले पछि सार्वजनिक गर्ने देवकोटाले बताए ।

मन्त्रालयले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)बाट अहिलेसम्म नेपालमा २ सय ७८ जना संक्रमित भएको बताएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार दिउँसो थप दुई जना कोरोना संक्रमित भेटिएका छन् ।

अहिलेसम्म प्रयोगशालामा पिसिआर विधिबार २६ हजार १ सय ९१ जनाको कोरोना परिक्षण गरिएको छ । ६५ हजार ७ सय ४९ जनाको आरडिटी विधिबार कोरोना परिक्षण गरिएको छ । अहिलेसम्म नेपालमा ९२ हजार ४ सय ४० जनाको कोरोना परिक्षण गरिएको छ । मन्त्रालयको अनुसार नेपालमा १६ हजार ३ सय ६६ जना क्वारेन्टाईनमा छन । त्यसैगरी आइसोलेशनमा ३ सय २० जना रहेका छन । काठमाडौँ उपत्यकामा मात्रै ३२ जना आशोलेसनमा रहेका छन । अहिलेसम्म कुल २ सय ७६ जनामा कोरोना संक्रमण देखिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस