इजरायलस्थित चिनियाँ राजदूत ‘घरभित्रै मृत अवस्थामा’ फेला

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७७ जेष्ठ ४, आईतबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

जेठ ४, काठमाण्डौ । इजरायलस्थित चिनियाँ राजदूत दु वेइ राजधानी तेल अभिभको हेर्जलिया उपनगरमा रहेको आफ्नै आवासगृहमा मृत अवस्थामा भेटिएका छन् । ५८ वर्षीय उनी आफ्नै ओछ्यानमा मृत भेटिएको तर मृत्युको कारण नखुलेको इजरायलका सञ्चार माध्यमहरूले जनाएका छन् । युक्रेनमा चिनियाँ दूतको रूपमा काम गरेका उनी गत फेब्रुअरी महिनामा राजदूत नियुक्त भएका थिए । उनी विवाहित थिए र उनका एकजना छोरा पनि छन् । तर उनको परिवार इजरायलमा नरहेको बताइएको छ । चीनले उनको मृत्युको पुष्टि गरेको छैन ।

इलरेलको च्यानल १२ टीभीले नाम नखुलाइएको सूत्रलाई उद्धृत गर्दै उनको मृत्यु प्राकृतिक कारणहरूले गर्दा भएको प्रारम्भिक सङ्केतले देखाएको उल्लेख गरेको छ । उनको नियुक्ति लगत्तै राजदूतावासको वेबसाइटमा सार्वजनिक गरिएको सन्देशमा राजदूत दुले ‘विश्वकै दोस्रो ठूलो अर्थतन्त्र र इजरायलबीचको सम्बन्धको’ प्रशंसा गरेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस