पोखराका होटलहरु आउँदो असोज महिनासम्म व्यवसाय बन्द हुने

जेठ ५,पोखरा । पोखराका होटलहरु आउँदो असोज महिनासम्म व्यवसाय बन्द हुने भएको छ । पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचनले लकडाउन खुले पनि तत्काल व्यवसाय सञ्चालन गर्न असहज हुने भएकाले असोजसम्म सम्पूर्ण होटल बन्द गर्ने जानकारी गराएको छ ।

‘लकडाउन खुले पनि तत्काल आन्तरिक पर्यटक हिँडडुल गर्ने स्थिति छैन । बाह्य पर्यटकको आगमन हुने स्थिति पनि छैन,’ उनले भने, ‘हाललाई असोजसम्म सबै व्यवसाय बन्द गर्ने निर्णय गरेका छौं ।’

कोरोना भाइरसको महामारी र लामो लकडाउनका कारण संकटमा परेका व्यवसायीले घरभाडामा सहुलियत खोजेका छन् ।

संम्बन्धित समचार

Leave a Comment