कोरोनाबाट ३४ जिल्ला प्रभावित, प्रदेश ५ र २ उच्च जोखिममा, कुन जिल्लामा कति ?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ जेष्ठ ६, मंगलबार (३ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

जेठ ६, काठमाण्डौ । देशभर कोरोना संक्रमितको संख्या तीन सय ७५ पुगेको छ । सोमबार एकैदिन ८० नयाँ संक्रमित देखिएका छन् । संक्रमणले ३४ जिल्ला प्रभावित भएका छन् ।सोमबार राति १८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीले जानकारी दिए । बाँकेका १२ जना पुरुष, धनुषामा दुईजना पुरुष, सुनसरी, झापा, खोटाङ र दैलेखमा एक–एकजना संक्रमित भेटिएका छन् ।

यसअघि सोमबार साँझ बाँकेका ४७, मोरङ, गुल्मी, धनुषा, रौतहट, दाङ र धादिङका एक–एकजनामा कोरोना संक्रमण पुष्टि भएको थियो । सोमबार बिहान रौतहटमा आठ र बारामा एकजनामा संक्रमण पुष्टि भएको थियो । स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार प्रदेश २ र प्रदेश ५ कोरोनाको उच्च जोखिममा छन् । प्रदेश ५ मा एक सय ७२ र प्रदेश २ मा एक सय ३४ जनामा संक्रमण देखिएको छ । त्यस्तै, प्रदेश १ मा ४३, बागमतीमा १७, सुदूरपश्चिममा पाँच, गण्डकीमा तीन र कर्णालीमा एकजनामा संक्रमण देखिएको छ । कोरोनाको संक्रमणबाट दुई जनाको मृत्यु भइसकेको छ । आइतबार बाँकेको क्वारेन्टाइनमा रहेका युवाको र बिहिबार सिन्धुपाल्चोककी सुत्केरी महिलाको मृत्यु भएको थियो ।

देशभरका संक्रमितमध्ये ३६ जना निको भएर घर फर्किसकेका छन् । दुईजनाको मृत्यु भएको छ । सरकारले अहिलेसम्म ३० हजार सात सय २४ जनाको पिसिआर परीक्षण गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस