लोकसेवाका सबै परीक्षा स्थगित

Post Thumbnail

जेठ ६, काठमाण्डौ । लोकसेवा आयोगले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड–१९ संक्रमण जोखिमका कारण परीक्षाको चरणमा प्रवेश गरेका बाहेकका सवै पदपूर्तिका कार्यक्रमहरु स्थगित गरेको छ । कोरोना संक्रमणका कारण सिर्जना भएको स्वास्थ्य सुरक्षा संवेदनशिलतालाई मध्यनजर गर्दै मन्त्रीपरिषदको गत बैशाख १४ गते बसेको बैठकले आयोगबाट सन्चालन हुने सम्पूर्ण पदपूर्तिका कार्यक्रम स्थगन गर्न गरेको आग्रहपछि आयोगको सोमबार बसेको बैठकले पदपूर्ति स्थगित गर्ने निर्णय गरेको हो ।

आयोगको निर्णयसँगै निजामति सेवा, सुरक्षा निकाय, सार्वजनिक संस्थान र संठगित संस्थाका परीक्षाको चरणमा नपुगेका सबै तहको पदपूर्ति स्थगित भएको हो । परीक्षाको चरणमा प्रवेश गरिसकेको अथवा कुनै एक चरणको परीक्षा भैसकेकाको हकमा भने त्यसलाई रोक्न नमिल्ने भएकाले स्थिती सामान्य भएपश्चात नयाँ परीक्षा कार्यक्रम निर्धारण गरिने भएको छ ।

ताजा अपडेट

५४ मिनेट अघि

आज सुनको भाउ कति ?

खोजी गर्नुहोस