बाबुछोरी नै मिर्गौैला पीडित !

भाद्र ३,झापा। झापाको गौरादह नगरपालिका–९ का एक खनाल परिवारका बाबुछोरीको मिर्गौला खराब भएको छ ।

गौरादह–९ का बोधराज खनाल र उनकी छोरी ७ वर्षीया आयुशा खनाल दुवै मिर्गौलाले काम गर्न छाडेको हो । खनाल परिवार अहिले आर्थिक अभावका कारण समस्यामा परेका छन् । बोधराज रेडियो तथा टेलिभिजन मर्मतको काम गर्दै आएका छन ।

“नातिनीको उपचार गर्नु कि छोराको ?”, जीवनको उत्तरार्धमा रहनुभएका बुबा भीमप्रसाद खनालले भक्कानिँदै भने, “भएको पैसा पनि सकियो, अब के गर्ने, के नगर्ने केही सोच्न सकेको छैन ।” आफ्नो छोरा र नातिनीको जीवन रक्षाका लागि उनले सहयोगको अपिल गरे ।

गाउँमा रहेको आठ कट्ठा जमीन र एउटा सानो घरमा खनाल परिवार जीवन गुजारा गर्दैआएका छन् । “२०७१ सालमा बोधराजकी आमाको पनि मिर्गौलाकै समस्याका कारण मृत्यु भएको थियो”, भीमप्रसादले भने । आर्थिक अभावमा गुज्रिरहेको खनाल परिवारलाई सहयोग गर्न सहयोगी हातहरुको खोजीमा छरछिमेकी र आफन्त पनि जुटेका छन् ।

बोधराजकी श्रीमती कमलाले आफ्नो श्रीमान् र छोरीलाई बचाएरै छाड्ने अठोट गरेका छन । “जस्तोसुकै पीर परे पनि धैर्यताले काम लिन सकिन्छ”, उनले भने, “म हार मान्दिन ।” उनले नगरप्रमुख, वडाध्यक्षलगायत सबै गौरादहवासीलाई आग्रह गरे ।

संम्बन्धित समचार

Leave a Reply