आगामी वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ जेष्ठ ६, मंगलबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

जेठ ६,काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ २ गते संयुक्त सदनमा प्रस्तुत गर्नुभएको आगामी वर्षको लागि नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ ।

सांसदहरु दुर्गा पौडेल, प्रेम सुवाल, मिनेन्द्र रिजाल, लक्ष्मणलाल कर्ण र सरिता गिरीले नीति तथा कार्यक्रम संशोधन गर्न माग गरे पनि मङ्गलबार बहुमतले पारित भएको छ ।

बहुमतले नीति तथा कार्यक्रम पारित भएकाले यसमा भएका व्यवस्था संशोधन हुने छैनन् । यसकै आधारमा अर्थ मन्त्रालयले बजेट बनाइरहेको छ ।

विभिन्न राजनीतिक दल र नेताहरुले सरकारको नीति तथा कार्यक्रम प्रभावकारी नभएको भन्दै आलोचना गर्नै आइरहेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस