‘कालापानीको सीमा विवाद नेपाल र भारतको’ : चीन

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ जेष्ठ ६, मंगलबार (३ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

जेठ ६,काठमाडौँ । चीनले कालापानीको सीमा विवाद नेपाल र भारतको भएको बताएको छ । र, दुई देशले आपसी सम्वादबाट हल गर्ने विश्वास व्यक्त गरेको छ ।

भारतले लिपुलेकमा नेपाली भूमि अतिक्रमण गरेर तिब्बतको मानसरोवर जाने सडक बनाएको छ । त्यसको नेपालले विरोध गरेको छ भने सोमबार मात्र लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई समेटेर नयाँ नक्सा पास गरेको छ ।

तर यो सडक दुई देशबीच २०१५ मा भएको सहमतिअनुसार बनेको र चीनसम्म जोडिएकाले नेपालले उत्तरी छिमेकीसँग पनि कुराकानी गर्नुपर्ने माग उठेको छ ।

नियमित पत्रकार सम्मेलनमा सोधिएको एक प्रश्नमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजेनले भने, ‘कालापानीको मुद्दा नेपाल र भारतको हो र हामी आशा गर्छौ कि दुई देशले मैत्रिपूर्ण परामर्शबाट विमतीहरु हल गर्नेछन् ।’

साथै चीनले एकपक्षीय कदम, जसले स्थिति जटिल बनाउन सक्छ, जसबाट दुबै देश बच्नुपर्नेमा जोड दिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस