(कोरोनाअपडेट) विश्वभर ३ लाख २४ हजारभन्दा बढीको मृत्यु, संक्रमितको संख्या ४९ लाख ८२ हजारभन्दा माथी !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ जेष्ठ ७, बुधबार (३ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

जेठ ७, काठमाडौं । कोरोना भाइरस कोभिड–१९ का कारण विश्वभर ज्यान गुमाउनेको संख्या ३ लाख २४ हजार नाघेको छ । बुधबार आज विहानसम्म कोरोना संक्रमणका कारण विश्वभरमा मृत्यु हुनेको संख्या ३ लाख २४ हजार ५०८ पुगेको हो । सबैभन्दा धेरै अमेरिकामा ९३ हजार ५१९ को मृत्यु भएको छ । बेलातयतमा ३५ हजार ३४१, इटलीमा ३२ हजार १६९, फ्रान्समा २८ हजार २२, स्पेनमा २७ हजार ७७८ कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।

हालसम्म ४९ लाख ८२ हजार ३१५ जनामा कोरोना संक्रमण देखिसकेको छ । यसमध्ये १९ लाख ५८ हजार ३२५ जना निको भइसकेका छन् । २६ लाख ९९ हजार ४८२ संक्रमितको उपचार भइरहेको छ । यसमध्ये २६ लाख ५४ हजार ४२ को स्वास्थ्य अवस्था मध्यम रहेको छ भने ४५ हजार ४४० को अवस्था गम्भीर रहेको छ । नेपालमा हालसम्म ४०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसमध्ये दुई जनाको मृत्यु भइसकेको छ । ४७५ जना आइसोलेशनमा छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस