आजको मौसम : चक्रवातको असर, पूर्व र मध्य क्षेत्रमा केही दिन पानी पर्ने सम्भावना !

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७७ जेष्ठ ७, बुधबार (३ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

जेठ ७, काठमाण्डौ । बंगालको खाडीमा विकसित भएको अंपुन नामक चक्रवातको असर नेपालको मौसममा केही दिन पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पूर्व र मध्य क्षेत्रको मौसम ३र४ दिन सम्म प्रभावित हुने महाशाखाले जनाएको छ । अहिले सुदूरपश्‍चिम, कर्णाली प्रदेशका सबै भूभाग र प्रदेश ५ का केही स्थानहरूमा मौसम सफा रहेको छ भने बाँकी भूभागमा सामान्य बदली भइ केही ठाउँमा पानी परिरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज २४ घण्टाको मौसम अनुमान गर्दै विभागले पूर्वी भूभागका धेरै स्थानहरू, मध्य र पश्‍चिम भूभागका थोरै स्थानहरूमा मेघगर्जन,चट्याङ,हावाहुरीसहित वर्षातको सम्भावना रहेको जनाएको छ । खोलानालामा पनि पानीको बहाव बढ्नसक्ने भन्दै सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस