बुझ्ने गरी सूचना दिन निर्देशन

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७७ जेष्ठ ७, बुधबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

जेठ ७, काठमाडौँ । राष्ट्रिय सूचना आयोगले कोरोना भाइरसका कारण मृत्यु हुनेको शव व्यवस्थापन गर्न गरिएको तयारी सम्बन्धी सूचना नागरिकले बुझ्ने गरी सार्वजनिक गर्न सरकारलाई निर्देशन दिएको छ । आयोगका प्रवक्ता कमला ओली थापाद्वारा जारी विज्ञप्तिमा सो निर्देशन दिएकोे हो ।

आमसञ्चारकर्मीको स्वास्थ्य सुरक्षाको उचित व्यवस्था मिलाउनसमेत आयोगले सरकारको ध्यानाकर्षण गराएको छ । त्यस्तै कोरोना भाइरसबाट बच्ने उपायका विषयमा जानकारी दिन स्थानीय भाषाको सञ्चार माध्यमको समेत अधिकतम प्रयोग गर्न सुझाव आयोगले दिएको छ । स्वास्थ्य सामग्री, सेवा तथा औषधिका बारेमा नियमित तीनै तहका सरकार र सम्बन्धित स्वास्थ्य संस्थाबाट सार्वजनिक गर्ने व्यवस्था मिलाउनसमेत आयोगले भनेको छ । आइसोलेसन, क्वारेन्टाइन, होम क्वारेन्टाइन, सरकारी एवं गैरसरकारी तवरमा निर्मित सङ्घ, प्रदेश, स्थानीय तहका उपचार स्थलमा रहेका नागरिक बारेमा एकीकृत तथ्याङ्कको विवरण सार्वजनिक गर्नसमेत आयोगले सरकारलाई निर्देशन दिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस