भारतमा कोरोना : मृत्यु हुनेको संख्या ३३ सय ३, संक्रमित झन्डै १ लाख ७ हजार

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७७ जेष्ठ ७, बुधबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

जेठ ७, काठमाण्डौ । भारतमा कोरोना भाइरसको एक दिनमा अहिलेसम्मकै सबैभन्दा ठूलो उछाल देखिएको छ । भारतमा पछिल्लो चौबीस घण्टामा कोरोना भाइरसबाट संक्रमित पाँच हजार ६११ जना भेटिएका छन् । गत चौबीस घण्टाको अवधिमा एक सय ४० जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । बुधबार जारी केन्द्रीय स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार कोरोना भाइरस संक्रमितको संख्या बढेर एक लाख ६ हजार ७५० पुगेको छ ।

भारतमा अहिलसम्म तीन हजार तीन सय तीनजनाको मृत्यु भइसकेको मन्त्रालयले पुष्टि गरेको छ । कोरोना संक्रमित कुल एक लाख छ हजार ७५० मध्ये ६१ हजार १४९ एक्टिभ केस छन् । ४२ हजार २९७ जना उपचारपछि घर फर्किएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस