सिरहामा कुहिएको अबस्थामा एक जनाको लाश फेला

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७७ जेष्ठ ८, बिहिबार (३ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

जेठ ८, लहान । सिरहा को मिर्चैया नगरपालिका ५ इमली डाँडा मा कुहिएको अबस्थामा एक जना को लाश फेला परेको छ । मिर्चैया न पा ५ का अन्दाजी ३५ वर्षिय संजिव कुमार यादवको ९ दिन पछि मिर्चैया नगरपालिका वडा नं।५ इमली डाँडा भन्ने ठाउँमा कुहिएको लास फेला परेको हो । यादव वैशाख २९ गते घर वाट खाजा खाएर बाहिर निस्केका थिए । त्यस लगत्तै परिवार संग सम्पर्क नहुदा विभिन्न ठाउँमा खाजी कार्य गरेको पारिवारिक स्रोत ले बताएका छ्न् ।

हिजो मात्र गोठालाहरुले शव देखे पछि प्रहरीलाई खवर गरिएको बताइएको छ ।
शव उठाएर ल्याउन सक्ने अवस्थामा नरहेका कारण प्रहरी ले शव परीक्षणका लागि रामकुमार सारडा उमाप्रसाद मुरारका स्मारक अस्पताल लहानबाट चिकित्सक बोलाइएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको र परीक्षण रिपोर्ट आएपछि मात्रै घटना बारे केहि भन्न सकिने ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायव उपरीक्षक डिएसपी सन्तु प्रसाद जैसवारले बताएका छ्न । मृतक का श्रीमती र दुई नावालक छोरा समेत रहेको बताइएका छन् ।

राजेन्द्र महतो

ताजा अपडेट

खोजी गर्नुहोस