नेपालमा कोरोनाको संक्रमण भयाबह बन्दै

Post Thumbnail

जेठ ८, काठमाडौँ । महामारी र लकडाउनले विदेशमा अप्ठेरोमा परेका तीन लाख नेपालीलाई दैनिक पाँच छ हजारको दरले स्वदेश भित्र्याउन सरकारले ढिलै भए पनि गृहकार्य थालेको छ । त्यसअघि पर्याप्त स्वास्थ्य सामाग्रीको जोहो गर्ने क्रममा आगामी हप्तासम्म थप भेन्टिलेटर पनि आइसक्ने अनुमान छ । नेपालका सबै अस्पतालसङ्ग गरी चार सय पनि भेन्टिलेटर छैनन्, बाँकेको नरैनापुरमा दिवङ्गत भएका युवक मुम्बईबाट आएका हुन्,भारतमा अहिले कोरोनाका सात थरी लक्षण देखिएका छन् जसमध्ये सबैभन्दा कडा लक्षण उनमा देखिएको थियो ।

भारतसँग सिमाना जोडिएका र मध्य तथा सुदूर पश्चिमका जिल्लाहरुमा कोरोनाको उच्च जोखिम बढेपछि सिसिएमसीले आवश्यक योजना बनाउँदै गरेको बुझिएको छ । उच्चजोखिममा रहेका प्रदेश र पालिकाहरुसँग आजबाट सोझै सम्पर्क र समन्वय पनि थालिएको छ ।

हालसम्म नेपालका अधिकांश संक्रमण विदेश वा भारतबाट भित्रिएकाहरुमा पाइएको छ । धेरैजसो सामान्य अवस्थामै निको भएका छन् । कोही भने उपचारको मौका नै नपाई बितेका छन् । एकजनालाई पहिलोपटक रुपन्देहीमा भेन्टिलेटरमा राखिएको छ ।

उता, छिमेकी मुलुक भारतमा संक्रमितको संख्या झण्डै एक लाखको हाराहारीमा पुगेको छ । औपचारिक रुपमा सार्वजनिक नगरिए पनि भारतीय स्वास्थ्य अनुसन्धान केन्द्रहरुको पछिल्ला अनुसन्धानले कोरोनाको स्वरुप सामान्यदेखि कडागरी सात किसिमका रहेको बताइएको छ । जनआस्था

ताजा अपडेट

खोजी गर्नुहोस