बेपत्ता परिवारका लागि उचित कार्यक्रम ल्याउनुपर्ने

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ जेष्ठ ८, बिहिबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

जेठ ८, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी नेकपा का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बेपत्ता परिवारलक्षित उचित नीति, योजना र कार्यक्रम प्रस्तुत गर्न सरकारलाई ध्यानाकर्षण गराएका छन् । उनले बेपत्ता परिवारको अभिभावकत्व र तिनका सन्ततिहरूको शिक्षादीक्षा एवम् भविष्य निर्माणका लागि सरकारलाई ध्यानाकर्षण गराए । जनयुद्ध तथा ऐतिहासिक आन्दोलनका क्रममा बेपत्ता भएकाहरूको १० औँ स्मृति दिवसमा विज्ञप्ति जारी गर्दै उनले बेपत्ता भएका सङ्घर्षका कारण नै देश सङ्घीय लोकतान्त्रिक गणतन्त्रको अभ्याससहित समाजवादी क्रान्तिको तयारीको चरणमा रहेको स्पष्ट पारे । काठमाडौँको सुुन्धाराबाट वि। सं। २०५६ जेठ ७ मा तत्कालीन नेकपा माओवादी का मिलन नेपाली, दण्डपाणि न्यौपाने, नवीन गौतम, कमला शर्मालगायतलाई बेपत्ता बनाएको आरोप लगाउँदै यो स्मृति दिवस मनाउन सुरु गरिएको हो ।

वि सं २०५६ सालमा संस्थागत रूपमा राज्यद्वारा बेपत्ता योद्धा परिवार समाज नेपालको गठन भई २०६८ सालदेखि पहिलो पटक नेपालमा बेपत्ता योद्धा स्मरण दिवस मनाउन सुरु गरिएको समाजका पूर्वअध्यक्ष एकराज भण्डारीले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस