जेठ मसान्तसम्म आन्तरिक र बाह्य हवाई उडान बन्द

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ जेष्ठ ८, बिहिबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

जेठ ८, काठमाडौं । आन्तरिक एवं बाह्य उडान जेठ मसान्तसम्म बन्द गर्ने निर्णय गरिएको छ । बुधबार बसेको कोभिड–१९ रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठकले जेठ मसान्त १४ जुन सम्म उडान बन्द गर्ने निर्णय गरेको हो ।

१४ जुनसम्म आन्तरिक र बाह्य उडान बन्द गर्ने समितिको निर्णय आएको नेपाल नागरिक उड्डयनप्राधिकरका महानिर्देशक राजन पोखरेलले जानकारी दिए । यसअघि १८ जेठसम्म उडान बन्द गर्ने निर्णय गरिएको थियो । तर, पछिल्लो केही दिनयता कोराना संक्रमितको संख्या बढेपछि उडान थप बन्द गर्ने निर्णय गरिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस