स्थानीय तहको कम चासो : चिसोखोला, बिराबारि र लामिडांडाका बासिन्दालाई खानेपानीको हाहाकार

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०७७ जेष्ठ ८, बिहिबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

भुवन भण्डारी

जेठ ८, गजुरी । धादिङको दक्षिणी भेगमा पर्ने गजुरी गाउँपालिका वडा नं ५ चिसोखोला, बिराबारि र लामिडांडाका स्थानीय बासिन्दा खानेपानीको हाहाकारमा पिल्सिएका छन् । स्थानीय जनप्रतिनिधिको कम चासोमा रहेको लगभग ४५/५० घरधुरि रहेको बस्ती हाल खानेपानीको लागि घन्टौंसम्म खानेपानी लिन जानु पर्ने समस्यामा रहेका छन् । कामको समयमा दिनभर मेलापात गई रातिको समयमा पानी बोक्ने गरेको स्थानीय एक महिला बताउँछिन् । बालक देखि बृद्ध अबस्था सम्मकाले डोकामा नाम्लो लगाइ गाग्री र बोतलमा पानी बोक्ने गरेका छन् ।

उक्त बस्तिले उपभोग गर्दै आईरहेको पानीको मुहानमा गजुरी गापा ५ च्याङ्लिमा अबस्थित डोल भञ्ज्याङ् माध्यमिक बिद्यालयको छात्रावास बनाउनको लागि खारेको घडेरीको माटोले मुहान पुरिदिएपछि बिगत एक हप्तादेखि समस्या भएको स्थानीय बताउछन् । जनप्रतिनिधि र केही अगुवाको लापरबाहीले खानेपानीको समस्या झेल्नुपरेको भन्दै स्थानीयले आक्रोश पोखेका छन् । सरकारको एक घर एक धाराको अबधारणा आईरहँदा गजुरी ५ का बासिन्दा भने खानेपानी नपाइ आकुल व्याकुल भएका छन् । खानेपानीको समस्या पटकपटकपटक स्थानीय तहलाई अवगत गराउदा स्थानीय तहले कुनै पनि चिन्ता र चासो नदिएको स्थानीय एक युवा बताउँछन् ।

ताजा अपडेट

खोजी गर्नुहोस