नेपालमा कोरोना संक्रमित ४ सय ४४ पुगे, कुन जिल्लामा कति ? (विवरणसहित)

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ जेष्ठ ८, बिहिबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

जेठ ८, काठमाडौं । नेपालका कुल ७७ वटा जिल्ला मध्ये ३८ वटा जिल्लामा कोरोना संक्रमण फैलिएको छ । ४ महिनाको अवधिमा सातै वटा प्रदेशमा कोरोना संक्रमणको प्रकोप फैलिएको छ । नेपालमा आज बिहीवार थपिएका १७ जना संक्रमित सहित ४४४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । साथै नेपालमा अहिलेसम्म ४५ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ३ जनाको मृत्यु भएको छ ।

यी हुन् नेपालमा अहिलेसम्म कोरोना संक्रमित भेटिएका ३८ जिल्लाहरूको विवरणः

१. पर्सा ९१
२. कपिलवस्तु ५९
३. उदयपुर ३३
४. रुपन्देही २८
५. बाँके ९९
६. काठमाडौं १२
७. कैलाली ४
८. बारा ४
९. रौतहट २२
१०. धनुषा ८
११. वाग्लुङ्ग २
१२. चितवन ३
१३. झापा २७
१४. सर्लाही ५
१५. महोत्तरी ३
१६. भक्तपुर ३
१७. बर्दिया २
१८. नवलपरासी (पश्चिम) ३
१९. कंचनपुर १
२०. भोजपुर १
२१. सप्तरी १
२२. नवलपरासी (पूर्वि) १
२३. धादिङ २
२४. मकवानपुर २
२५. सिरहा १
२६. दाङ ४
२७. काभ्रेपलान्चोक १
२८. सिन्धुपाल्चोक १
२९. धनकुटा ७
३०. मोरङ ४
३१. गुल्मी १
३२. सुनसरी ३
३३. दैलेख १
३४. खोटाङ्ग १
३५. ललितपुर १
३६. लमजुङ १
३७. सिधुली १
३८. रामेछाप १
जम्मा-४४४

आज सम्मको विवरण हेर्दा गत वर्षको माघ ९ गतेदेखि यस वर्षको जेठ ८ गतेसम्म ४ सय ४४ जनालाई संक्रमण पुष्टि भएको छ ।

नेपालमा देखिएको पहिलो केसको स्वाब परीक्ष्णका लागि हङ्कङ पठाइएकोमा अहिले भने स्वास्थ्य सामाग्रीहरु ल्याइएपछि नेपालमै परीक्षण हुन थालेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस