नुवाकोट कुमरीमा अर्ग्यानिक खेतीमा रमाउँदै समाजसेवी लामा, कुमरीमै फलाए मुस्ताङ्गे स्याउ !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ जेष्ठ ८, बिहिबार (३ साल अघि)
  • ६ पटक पढिएको
Post Thumbnail

सन्तोष सुवेदी

जेठ ८, कुमरी । सामाजिक कामदेखि ब्यबसायिकता सम्म सफल बन्दै गएका समाजसेवी जगत लामाको नाम नुवाकोट बेलकोटगढी नगरपालिकामा नसुन्ने सायदै होलान् । बेलकोटगढी नगरपालिका वडा नम्बर ४ मा रहेको सुकुमान मेमोरियल अस्पताल बनाएर समाज सेवामा लागेका लामाले अहिले ब्यबसायिक खेती तर्फ पनि अगाडी बढेका छन् ।

जगत लामाको ब्यबसायिक आरु खेती

कुमरी कृषि प्रा.लि को नामबाट एक संस्था दर्ता गरेर यसैबाट समाजसेवा तथा ब्यबसायिकता तर्फ अगाडी बढ्दै गईरहेका छन् । लामो समयदेखि टेकिङ गाईडमा पनि काम गरिरहेका लामा अहिले नुवाकोट बेलकोटगढी नगरपालिका वडा नम्बर ४ मा रहेको कुमरी कृषि फर्मको ४० रोपनी जग्गामा बिभिन्न प्रजातिका बोट बिरुवा रोपेर ब्यबसायिकता तर्फ अगाडी बढीरहेका छन् ।

जगत लामाको ब्यबसायिक आरु खेती

बिगत ८ बर्ष अगाडी देखि निरन्तर यो पेसामा अप्रत्यक्ष तथा प्रत्यक्ष रुपमा सामेल भएर अहिले उत्पादनको चरणमा रहेको उनले बताए । समृद्धिका लागी अन्त जानु नपर्ने र दु:खका लागी बिदेश नै जानुपर्छ भन्ने कुरालाई गलत साबित गर्दै अहिले उदाहरणीय काम गर्दै आईरहेको उनको भनाई छ । उनले ४० रोपनी क्षेत्रफलमा १ सयभन्दा बढी किवि, २ सय भन्दाबढी आँपको बिरुवा, ५० वटा भन्दाबढी आरुको बोट, बिभिन्न देशका नट्सहरु (जस्तै ओखर, जामेन नट आदी) भुईँकटहर, स्याउका बोट १५ वटा (यसमा दुई थरीका लोकल मुस्ताङ्गे स्याउ र फुजि स्याउ) लगायतका बिरुवाहरुबाट उत्पादन सुरु भएको बताए ।

किबि खेतीको संरक्षण गर्दै महिला

अहिलेको अबस्थामा जुनसुकै खेती होस् बिषादी रहित पाउन निकै कठिन छ । यो अबस्थालाई मध्यनजर गर्दै अर्गानिक खेतीतर्फ अगाडी बढेको समाजसेवी जगत लामाले बताए । उनी भन्छन्–’यो बिल्कुलै अग्र्यानिक उत्पादन हो, यहाँ गाई भैसि आफैँले पालेर कम्पोष्ट मल उत्पादन गरिन्छ र त्यसैलाई बिरुवामा प्रयोग गरिन्छ ।’ उनले थपे,–’अहिले स्याउ, आरु, किवि लगायतका बिरुवाबाट उत्पादन भईरहेको छ, यसलाई बजारीकरणको लागी बिषेश गरि जाम, वाईन लगायतका बस्तुबाट बिक्री गर्ने उदेश्य रहेको छ ।’

कुमरीमा जगत लामाले फलाएका स्याउ

समाजसेवी लामाको कृषि फार्ममा अमेरिकन नास्पाती, केन्याको सिमी, अमेरिकन पपकन, हलुवावेद, अङ्गुर लगायतका बिरुवा पनि रहेका छन् । अमेरिका, क्यानडा, केन्या लगायतका देशहरुबाट सिकेर अहिले आफ्नै गाउँमा आएर ब्यबसायितका तर्फ अगाडी बढेको बताए । कुमरी कृषि प्रा.लि मा ३ वटा गाई पनि छन् । ति गाईहरुको पालन त्यहिका कर्मचारीले गरिरहेका छन् । निरन्तर रुपमा काम गर्ने कर्मचारीहरु ३ जना भएपनि अन्य ब्यक्तिहरुलाई आबश्यकता अनुसार बोलाउने गरेको उनको भनाई छ । रासायनिक मल खरिद तथा बिषादीको प्रयोगले बोट बिरुवामा नकारात्मक असर पर्ने र माटोमा पनि अम्लियपनाको मात्रामा बृद्धि हुने भन्दै अग्र्यानिक खेतिमा जोड दिएर काम भईरहेको लामाले बताए ।

स्याउको उत्पादनमा चुनौति
कुमरी कृषि प्रा.लिको नाममा रहेको यो ४० रोपनी जग्गामा स्याउको बिरुवाहरु पनि छन् । बिषेश गरि चिसो मौसम भएको हिमाली भेगमा मात्र फल्ने स्याउ अहिले नुवाकोट बेलकोटगढी नगरपालिका वडा नम्बर ४ मा नै फलेका छन् । नुवाकोट बेलकोटगढीको सामान्य हावापानीमा पनि दुई जातका स्याउ एक मुस्ताङ्गे लोकल र अर्को फुजि स्याउ फलाएर लामाले देखाईदिए ।

कुमरीमा जगत लामाले फलाएका स्याउ

उनी भन्छन्,– ‘स्याउ नै मेरो भोलीको उत्पादनको लक्ष्य त होईन, अहिले रहरका रुपमा बिभिन्न देशबाट ल्याएर रोपिएको बिरुवा हुन्, सम्भवतः यहाँ स्याउ उत्पादन गर्न अलि कठिन नै छ, उनले थपे,-‘अब स्याउ खेतीमा भन्दा पनि किबि, यभोकार्डो, आँप र भुँईकटहर नै ब्यबसायिक रुपमा उत्पादन गर्दै जाने हो, सम्भव भए सम्म त अरु पनि काम गर्नुपर्दछ,’

कुमरीमा जगत लामाले फलाएका स्याउ

जिल्ला बाहिरको अबस्था
समाजसेवी जगत लामाले नुवाकोट जिल्ला बेलकोटगढी नगरपालिका वडा नम्बर ४ तथा ३ मा सामाजिक कामहरु गर्दै आईरहेका छन् । धादिङका बिभिन्न स्थानमा पनि ब्यबसायिक खेती तर्फ अगाडी बढीरहेको बताए । धुनिबेशी नगरपालिका वडा नम्बर ६ चालिसेमा पनि कुखुरा, बाख्रा, टर्की लगायत पालनको लागी काम भईरहेको उनले बताए । काठमाण्डौमा होटल समेत सञ्चालन गर्दै आईरहेका समाजसेवी लामाले आफ्नो मन नै सबैभन्दा ठुलो कुरा भएको बताउँछन् ।

बिरुवाको जोहो कसरी ?
अमेरिका, क्यानडा, केन्या लगायतका देशमा भएको बिकासलाई आफ्नै देशमा लागू गराउने अभिप्रायले कतिपय बिरुवाहरु बिदेशबाट नै ल्याएको उनको दावी छ ।

कुमरीमा जगत लामाले फलाएका किबि

नेपालबाटै ल्याउनुपर्दा काभ्रेको नमोबुद्धको पात्लेखेत बाट खरिद गरेर ल्याउने गरेको उनले बताए । ‘त्यहाँ बिदेशबाट आएका बिरुवाहरु राखिएको हुँन्छ, बिषेशगरि त्यहि बाट ल्याउने गरेको छु, उनले भने,-‘ब्यबसायिक उत्पादनका लागी यहाँ बिदेशी बिरुवाहरु राम्रो पाईन्छ ।’

कम्पोष्ट मलको ब्यबस्था कसरी हुन्छ ?
समाजसेवी जगत लामाको यस फार्ममा सबै बस्तु अग्र्यानिक पाईन्छ । यहाँ रासायनिक मल तथा बिषादी प्रयोग गरिएको हुँदैन । तर ‘यहाँ प्रयोग हुने मल कसरी जुटाईन्छ त ?’ भन्ने हाम्रो प्रश्नमा उनले भने,– ‘हामी आफ्नो लागी आफैँ काम गार्छाैँ, धेरै पहिले कम्पोष्ट मल किनेर प्रयोग गर्दै आएको भएपनि अहिले आफ्नै फर्ममा ३ वटा गाई पालेर कम्पोष्ट मल उत्पादन गरिरहेका छौँ, उनले थपे,-‘यहि कम्पोष्ट मल प्रयोग गर्छाैँ, अपुग भएमा किनेर ल्याउँछौ तर रासायनिक मल कदापि प्रयोग गर्दैनौँ ।’

उत्पादित आरुबाट जाम बनाईदै

समाजसेवी जगत लामाले अहिले बिश्वभर देखिएको कोरोना भाईरस कोभिड १९ का कारण नेपाल पनि लकडाउनको अबस्थामा रहेकाले यो बेलामा समयको सदुपयोग भईरहेको बताए । यो सममा अन्य काम नभएकोले अहिले खेती तर्फ नै अग्रसर भएर आँफै काममा खटिरहेको उनको भनाई छ ।

समाजसेवी जगत लामा

उनी भन्छन्,– ‘यो धेरै हल्ला गर्ने गरि बिकास भएको नभई काम गर्ने बिचार भएका ब्यक्तिलाई आफ्नै गाउँमा पनि केहि गर्न सकिन्छ है? भन्ने महत्वपूर्ण उदाहरण मात्र हो ।’ अबको यो अबस्थामा समृद्धिका लागी हामी आँफैले पनि केहि गर्न सकिन्छ र कमाउनका लागी बिदेश नै जानुपर्छ भन्ने बिचारधारा भएका युवाहरुका लागी पनि यो एक उदाहरणीय प्रेरणा हुने उनले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस