रामकृष्ण पौडेल
आकाश हेर्दा लाग्छ सरकार प्रमुखको भ्रमण हुदैछ कि जस्तो ।
राजमार्ग हेर्दा लाग्छ राष्ट्र प्रमुखको सवारी हुँदै छ कि जस्तो ।
जीवनसङ्गी लाई हेर्दा लाग्छ पुनः माउ बन्ने लक्षण जस्तो ।
सिमानातिर हेर्दा लाग्छ नेपाल आमा चोलीको टुक्रा खोजिरहे जस्तो ।
खाद्यान्न पसल हेर्दा लाग्छ अनिश्चित कालिन लकडाउन जस्तो ।
टि भि हेर्दा लाग्छ समृद्धि आईसकेको जस्तो ।
छिमेकी लाई हेर्दा लाग्छ कोपरा लिएर बसिरहेको जस्तो ।
नाका तिर हेर्दा लाग्छ उपत्यकालाई सरापेर गएकाको फिर्ती दबाब जस्तो ।
राजनीति वृत हेर्दा लाग्छ स्वाधीनतामा रुमल्लिए जस्तो ।
आफैलाई हेर्दा लाग्छ अलि छिटो जन्मिएको जस्तो ।
हितैसीहरु लाई च्याटमा हेर्दा लाग्छ शिव शर्माको पुनारागमन भए जस्तो ।