पूर्वराजदूत झा हत्या प्रकरण : सोधपुछका लागि ३ जना नियन्त्रणमा !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ भाद्र ४, सोमबार (५ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

भाद्र ४,काठमाडौँ । काठमाडौंको बबरमहलस्थित निजी निवासमा भएको पूर्वराजदूत केशव झा हत्या प्रकरणमा सोधपुछका लागि प्रहरीले ३ जनालाई नियन्त्रणमा लिएको छ ।

घटनाको अनुसन्धानका क्रममा महानगरीय अपराध अनुसन्धान महाशाखाले झाको निवासमा कार्यरत् कुक सानु तामाङ र दुई जना मालीलाई नियन्त्रणमा लिएको हो ।

‘केही सोधपुछ गर्नु पर्ने भएकाले हामीले ल्याएका हौं’, महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहले भने, ‘विस्तृत अनुसन्धान जारी छ ।’

झाको पारिवारिक स्रोतका अनुसार तामाङ ७ वर्षदेखि त्यहाँ कार्यरत् थिए । ‘दुई जना माली भने हप्तामा दुईरतीन दिन सरसफाइका लागि आउने गरेका थिए’, स्रोतले भन्यो, ‘तामाङले पालेको रुपमा पनि काम गर्थें ।’

झाको घाँटी र टाउकोमा चक्कु प्रहार गरेर हत्या गरिएको प्रहरी अनुसन्धानले देखाएको छ । झाका छोरा–बुहारी शनिबार मात्र आयरल्याण्ड गएका थिए भने छोरी पनि नेपाल बाहिरै छिन् ।

उनीहरु दुवै चिकित्सक हुन् । परराष्ट्र सेवामा ३४ वर्ष विताएका झा फ्रान्सका लागि नेपालका पूर्व राजदूत हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस