पतिको लामो आयु र सन्तान प्राप्तिको लागि वट सावित्री पर्व : बर्षा साह

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७७ जेष्ठ ११, आईतबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

जेठ ११, लहान । सिरहा लगायत मधेसको अधिकान्स जिल्लामा शुक्रबार वट सावित्री पर्व मनाईएको छ । दिनभरी उपास व्रत बसी मनाईने यस पर्वमा बर बृक्षको पुजाआजा गरिन्छ । सिरहा लहान १ कि वर्षा साहको अनुसार पतिको लामो आयु र सन्तान प्राप्तिको निम्ति यो पर्व मनाईदै आएको हो । उनले भनिन बट सावित्री पूजा बरसाइत को दिन सावित्री सत्यवान कथा पाठ पढी मनाईने गरिन्छ । यसमा बरको बृक्षलाई पति मानी पूजा को थाली मा फल फूल मिठाई , आँप, लीची , धानको लाबा, चना , मूंग को अंकुर, बर को फल आदि राखी बृक्षलाई अर्पण गरिन्छ ।
साथै वर बृक्षको चारै तिर बाट घुमाएर रक्षा धागो बाँधिन्छ । साहको अनुसार त्यसदिन खास गरि श्रीमानलाई पंखाको हावा ले शितलता प्रदान गर्नुको साथ साथै अंगालो समेत मार्ने गर्छन । जेष्ठ अमावस्या को दिन वट वृक्ष को परिक्रमा गर्दा ब्रह्मा, विष्णु र महेश ले विवाहित जोडी लाई सदा सुहागन रहने वरदान दिने मान्यता रहेको पाईन्छ ।

-राजेन्द्र महतो

ताजा अपडेट

खोजी गर्नुहोस