कोरोना संक्रमितको संख्या ६ सय ८ पुग्यो !

Post Thumbnail

जेठ १२, काठमाडौं । नेपालमा थप पाँच जना कोरोना संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमितहरुमा बाँकेका चार र बदिर्याका एक जना रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानले विज्ञप्ति प्रकाशित गरी कोरोना पुष्टि भएकामा बर्दियामा सङ्कलित एक सय नमूनामध्ये बाँसगढी –९ निवासी एक २५ वर्षीय पुरुषमा पोजेटिभ फेला परेको जनाएको छ ।

त्यस्तै, बाँकेको नारायणपुर भवनपुर माध्यमिक विद्यालयमा सङ्कलित १२९ नमूनाको परीक्षणका क्रममा राप्ती सोनारी गाउँपालिका –५ बाँकेका २४, २३, २३ र १६ वर्षीय पुरुषमा सङ्क्रमण पुष्टि भएको जनाइएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ सय ८ पुगेको छ । आइतबार मात्रै १९ जना संक्रमित थपिएसँगै संक्रमितको संख्या ६ सय ३ पुगेको थियो । शनिबार ६८, शुक्रबार ५९ जनामा संक्रमण पुष्टि भएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस