सङ्घीय संसद्मा नेपालको अद्यावधिक नक्सा राखियो

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ जेष्ठ १३, मंगलबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

जेठ १३,काठमाडौँ । सङ्घीय संसद्को लोगोमा आजदेखि अद्यावधिक गरिएको नेपालको नक्सा राखिएको छ । सरकारले भारतले अतिक्रमण गरेको भूमि लिपुलेक, लिम्पियाधुरा र कालापानीसहित नक्सा जारी गरेकाले प्रतिनिधि सभा र राष्ट्रिय सभाको लोगो अद्यावधिक गरिएको हो।

आइतबार बसेको प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठकले सङ्घीय संसद् र सांसदले प्रयोग गर्दै आएको लोगोलाई परिवर्तन गर्ने निर्णय गरेको थियो ।

समितिको बैठकले संसद्को रोस्ट्रमा राखिएको लोगो र सांसदले लगाउँदै आएको लोगो परिमार्जन गरी अद्यावधिक गर्न सभामुखलाई सिफारिस गर्दै निर्णय कार्यान्वयनका लागि तत्काल प्रक्रिया अघि बढाउन सङ्घीय संसद् सचिवालयलाई निर्देशन दिएपछि लोगो परिवर्तन गरिएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस