मदन भण्डारी फाउण्डेसन कास्कीद्वारा संञ्चारिका समुहलाई स्वास्थ्य सामाग्री प्रदान

जेठ १४, काठमाडौ । मदन भण्डारी फाउण्डेसन कास्कीले १८ औं कृष्ण सेन स्मृती दिवसको उपलक्ष्यमा संञ्चारिका समुह कास्कीलाई स्वास्थ्य सामाग्री वितरण गरेको छ । फाउण्डेशनका अध्यक्ष माधव बास्तोलाले कास्कीमा कार्यरत २५ जना महिला पत्रकारहरुलाई कोरोनावाट सुरक्षित रहनको लागी माक्र्स, १० जोर पन्जा, सेनिटाइजर लगायतका स्वास्थ्य सामग्री सञ्चारिका अध्यक्ष स्मिता अधिकारीलाई हस्तान्तरण गरेका थिए ।

अध्यक्ष वास्तोलाले यस विश्व व्यापी कोरोनाको महामारीमा फाण्डेसनले थोरै भए पनि पहिलो घेरामा रहेर काम गर्ने पत्रकार त्यसमा पनि महिला पत्रकारलाई केही स्वास्थ्य सामाग्री हस्तान्तरण गर्न पाउदाँ खुशी लागेको बताए । कार्यक्रममा नेकपाका प्रदेश कमिटिका कार्यालय सदस्य पुण्य पौडेल, प्रदेश कमिटीका सदस्य एवं फाउण्डेसन सल्लाहकार दिलिप विक्रम शाहील प्रेस संगठनका सहसंयोजक त्रिभुवन पौडेलले पनि आफ्नो धारणा राखेका थिए ।

नेकपाका जिल्ला कमिटिका सचिवालय सदस्य एव फाउण्डेनका सल्लाकार तेजनारायण अधिकारी, जिल्ला सदस्य एवं फाउण्डेसनका सल्लाहकार वलराम अधिकारी, नेकपाका जिल्ला कमिटी सदस्य एवं फाउण्डेसनका जिल्ला सदस्य हिरा गिरी, फाउडेसनका जिल्ला सदस्य देवेन्द्र वास्तोलाको उपस्थिति रहेको थियो ।

संम्बन्धित समचार

Leave a Reply