बागलुङमा थपिए ६ जना कोरोना संक्रमित

जेठ १४, पोखरा । बागलुङमा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको तमनखोला गाउँपालिकाका ४ र बढिगाड गाउँपालिकाका २ जनामा कोरोना संक्रमण भएको हो ।

पीसीआर विधिबाट गरिएको परीक्षणमा बागलुङका ६ जनामा कोरोना संक्रमण देखिएको गण्डकी प्रदेश प्रगोलशालाका एक कर्मचारीले जानकारी दिए । संक्रमितबारे प्रदेश स्वास्थ्य निर्देशनालयमा जानकारी दिइएको उनले बताए ।

संम्बन्धित समचार

Leave a Comment