बर्दिया र कैलालीमा क्वारेन्टाइनमा बसेका दुई पुरुषको मृत्यु

जेठ १४,काठमाडौँ । बर्दियाको गुलरिया नगरपालिकाको क्वरेन्टीनमा बसेका र कैलालीका गौरीगंगा नगरपालिकाको आइसोलेसनमा रहेका दुई व्यक्तिको मृत्यु भएको छ । ।

बबई क्याम्पसमा रहेको क्वरेन्टीनमा बसेका ५५ वर्षीय पुरुषको ज्यान गएको स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीले जानकारी दिए । उनको हृदयाघातका कारण ज्यान गएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ । मृतकको अहिले स्वाब परीक्षण गर्ने तयारी भैरहेको उनले बताए ।

। यता सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा राखिएका एक  पुरुषको मृत्यु भएको छ । उनको उमेर पनि ५५ बर्ष रहेको छ ।

कैलालीका गौरीगंगा नगरपालिका वडा नम्बर ७ का ५५ वर्षीय पुरुषको आइसोलेसनमै मृत्यु भएको प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए । मृतकको पीसीआर परीक्षणका लागि स्वाब संकलन भइरहेको छ ।

संम्बन्धित समचार

Leave a Reply