प्रतिनिधिसभामा संविधान संशोधन विधेयक पेस गर्ने कार्यसूची हटाइयो

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ जेष्ठ १४, बुधबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

जेठ १४,काठमाडौँ । प्रतिनिधिसभामा संविधान संशोधन विधेयक पेस गर्ने कार्यसूची हटेको संसद् सचिवालयले जानकारी दिएको छ ।

संसद सचिवालयले यसअघि प्रकाशित गरेको सम्भावित कार्यसूचीमा कानुन मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले बुधबारको बैठकमा नेपालको संविधान दोस्रो संशोधन विधेयक पेस गर्ने कार्यसूची थियो ।

यसअघि प्रतिनिधिसभाको सम्भावित कार्यसूचीमा यसलाई राखिएको थियो । तर, बुधबार यो विषय कार्यसूचीबाट हटाइएको संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिए ।

मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलिय बैठक राखेका थिए । बैठकमा दलहरुले अन्तिम निर्णयको लागी केही समय दिन अनुरोध गरेका थिए । यसै अनुरुप आज संविधान संशोधन विधेयक पेस गर्ने कार्यसूची हटाइएको हुनसक्ने आंकलन गरिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस