राष्ट्र,राष्ट्रियता र गणतन्त्र पार्टी सिद्धान्त भन्दा सधै माथि : नेता पराजुली

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ जेष्ठ १५, बिहिबार (३ साल अघि)
  • ६ पटक पढिएको
Post Thumbnail

जेठ १५,काठमाडौँ । नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियुका नेता सुदेश पराजुलीले संविधान संशोधनको प्रस्ताव कार्यसुचीबाट हटेको विषय गम्भीर रहेको बताएका छन् । बुधबार संसदको कार्यसुचीबाट संविधान संशोधनको विषय कार्यसुचीबाट हटेको थियो । नेता पराजुलीले सबै राजनीतिक दलहरु राष्ट्रियताको सन्दर्भमा एकजुट भएर संविधान संशोधन गर्नुपर्नेमा जोड दिए ।

उनले भने– ‘हाम्रो राष्ट्रियता कही कतैबाट कमजोर बनाउने जुनसुकै किसिमका हर्कत र षड्यन्त्र विरुद्ध हामी सबै नेपालि सचेत बनौ, खबरदारी गरौ कायम राखौ ।’ नेता पराजुलीले १३ औँ गणतन्त्र  दिवसको अवसरमा शुभकामना दिँदै गाणतन्त्र र स्वाधिनतालाई जोगाउन कसैको हस्तक्षेपलाई स्विकार्न नसकिने समेत बताए ।

नेता पराजुलीले लिपुलेक,लिम्पियाधुरा र कालापानीलाई नक्साबाट हटाउन छिमेकी मुलक भारतको षडयन्त्र सुरु भएको र त्यसै अनुरुप भारतबाट दुत आएको दावी गरे । उनले सबै बाधा अड्चनलाई पार लगाउदै लिपुलेक,लिम्पियाधुरा र कालापानी फिर्ता लिएरै छाड्नुपर्ने बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस