गीतकार रत्नशमशेर थापाको निधन

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७७ जेष्ठ १५, बिहिबार (४ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

जेठ १५,काठमाडौँ । गीतकार रत्नशमशेर थापाको निधन भएको छ । बिहीबार दिउँसो १२ बजे नर्भिक अस्पतालमा उपचारका क्रममा उनको निधन भएको संगीतकार महेश खड्काले जानकारी दिए ।

बुधबार बेलुकी अस्वस्थ भएपछि उनलाई उपचारका लागि नर्भिक अस्पताल लगिएको थियो । उनको ८३ वर्षको उमेरमा निधन भएको हो ।

उनमा कोरोना संक्रमण जाँच गर्न स्वाब समेत लिइएको छ । थापाको ‘ए कान्छा ठट्टैमा यो बैंश जान लाग्यो’, ‘जाग-लम्क-चम्क हे नौजवान हो’, ‘विछोडको पीडा नसकी खप्न’लगायतका गीत चर्चित छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस