भारतीय सञ्चारमाध्यममा प्रकाशित भ्रामक दुरासयपूर्ण खबरप्रति नेपाली सेनाको आपत्ति

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ जेष्ठ १६, शुक्रबार (३ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

नेपाली सेनाले केही भारतीय सञ्चारमाध्यममा प्रकाशित खबरप्रति आपत्ति जनाएको छ । हिन्दुस्तान टाइम्समा जेठ १४ बुधबार शिशिर गुप्ताद्वारा लिखित ‘In huge setback to PM Oli, Nepal’s new political map hits a roadblock ‘ शिर्षकको तथा tfipost.com मा जेठ १५ गते बिहीबार अक्षय नराङ्गद्वारा लिखित समाचार भ्रामक र काल्पनिक रहेको भन्दै नेपाली सेनाले आपत्ति जनाएको हो ।

बिहीबार राति विज्ञप्ति निकालेर नेपाली सेनाले यी समाचारप्रति ध्यानाकर्षण भएको र यी समाचार भ्रामक दुरासयपूर्ण काल्पनिक र निराधार रहेको स्पष्ट पारेको हो । नेपाली सेनाले यी समाचारले दुई मित्र राष्ट्र तथा विशिष्ट ऐतिहासिक सम्बन्ध भएका दुई सेनाहरुबीचको सम्बन्ध र विश्वासमा नकारात्मक असर पुर्याउने उद्देश्यबाट प्रेरित रहेको पनि जनाएको छ ।

राष्ट्रिय एकता थप बलियो बनाउनुपर्ने अहिलेको बेलामा विभाजन ल्याउने तथा नेपाली सेनालाई अनावश्यक विवादमा तान्ने मनसायले फैलाइएको यस्ता अफवाहहरुमा विश्वास नगर्न आम पाठक तथा स्वाभिमानी नेपाली नागरिकलाई सेनाले अनुरोध गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस