भाद्र ५,विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले विराटनगर पुगेर वायोग्यास उद्घाटन गरेका छन् ।
विराटनगर महानगरपालिका–१४ स्थित श्रीकृष्ण गौशालामा गाईको गोबर संकलन गरेर उत्पादन गरिएको वायोग्यास पाइपबाट ३२ घरमा जडान गरिएको छ । प्रधानमन्त्री ओलीले पाइपबाट कार्यक्रम स्थलमै ल्याइएको वायोग्यासबाट चुल्हो बाले ।
उनले ग्यास सिलिण्डर हटाउनु ठूलो कुरा नभएको बताए । उनले भने, ‘अब ३२ घरले काँधमा सिलिण्डरको डल्ला बोकेर हिड्नु पर्दैन । पाइपबाटै ग्यास आउँछ ।’
यस्तै परियोजना कास्की, स्याङ्जा लगायतका स्थानमा पनि काम भइरहेको उनले बताए । प्रधानमन्त्री ओलीले यस्ता क्षेत्रमा लगानी गर्न उद्योगीहरुलाई आहृवान समेत गरे ।