सभामुखसँग परामर्श गर्नुपर्ने भन्दै राजपाको संविधान संशोधन प्रस्ताव दर्ता गर्न अस्विकार

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ जेष्ठ १६, शुक्रबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

जेठ १६,काठमाडौँ । संसद सचिवालयले गैरसरकारी विधेयकका रुपमा संविधान संशोधन प्रस्ताव दर्ता गर्न अस्वीकार गरेको छ ।

राष्ट्रिय जनता पार्टी, नेपालका नेताहरु संविधान संशोधन विधेयक दर्ता गर्न संसद सचिवालय पुगेका थिए । तर संसदका महासचिव भरतराज गौतमले सभामुखसँग पनि परामर्श गर्नुपर्ने भन्दै दर्ता गर्न मानेनन् ।

उनले आइतबार दर्ता हुने नहुने जानकारी दिने बताएको राजपाका नेता डा. सुरेन्द्र झा ले अनलाईनकेन्द्रलाई बताए । सरकारले नयाँ नक्साअनुसार निशान छाप संशोधन गर्न संविधान संशोधन विधेयक शुक्रबार संसद सचिवादयमा दर्ता गरेको थियो ।

विधेयकबारे सहमति जुटाउन प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकमा राजपा नेताहरुले मधेसको माग पनि सम्बोधन गर्न आग्रह गरेका थिए ।

तर सरकारले आफ्नो माग सम्बोधन गर्ने सम्भावना नदेखेपछि राजपा नेताहरुले शेरबहादुर देउवा नेतृत्वको सरकारको पालामा फेल भएको विधेयकलाई नै फेरि दर्ता गर्न खोजेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस