‘सिफनको सारीमा छड्के तिलहरी’ गीत सार्वजनिक (भिडियोसहित)

  • अनलाइन केन्द्र
  • / भिडियाे /
  • २०७५ भाद्र ५, मंगलबार (६ साल अघि)
  • २८ पटक पढिएको
Post Thumbnail

भाद्र ५,काठमाडौँ । तीजको बेलामा विभिन्न सुर, ताल शब्द, संगीत र लयमा थरीथरीका तीजगीतहरु बजारमा छरपष्ट हुने गर्छन् ।

यसै अवसरमा भरखरै सनसनीपूर्ण फैलिने तिज गीत संगीता तिमिल्सीनाको आवाजमा एल्बम ‘छड्के तिलहरी’ मा समाहित गीत “सिफनको सारीमा छड्के तिलहरी” गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

विरह लाग्दो धूनमा छोड् सबै काम, दर खान जाम भनेर उर्दी जारी गर्दै कस्सिएका छन् चर्चित चलचित्र अभिनेत्री शुभेच्छा थापा, रश्मी भट्ट, ज्योती बुढाथोकी, संगीता मगर, कुमार गजुरेल, सचिन गौतम र जीवन थापाको अत्यन्तै आक्रामक सुरिलो नाँच रहेको छ।

“सिफनको सारीमा छड्के तिलहरी” गीतको म्यूजिक भिडियो निर्देशक गौरव गिरी हुन् भने सम्पादन ललित सिंह साउदबाट भएको हो।

त्यस्तैगरी डिजिटल वजार व्यवस्थापनको जिम्मा विन्दवासिनी म्यूजिक प्रा.लि.ले लिएका यस म्यूजिक भिडियोको शब्द तथा संगीत शशि विक्रम थापाको हो भने छायांकन टंक केसीले गरेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस