नेताहरुले यसरी सम्झिए स्वर्गिय सिता गिरीलाई !

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७७ जेष्ठ १६, शुक्रबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

जेठ १६,काठमाडौँ । समाजसेवी तथा नेकपाकी काठमाडौँ वडा नम्बर १४ की महिला नेतृ सिता गिरीको निधनले पार्टीलाई क्षती भएको नेकपाका स्थायी समिती सदस्य अमृतकुमार बोहोराले बताएका छन् । गिरीको छैठौँ दिनको पुण्य तिथीमा परिवालाई समवेदना दिन पुगेका नेता बोहोराले गिरीले पार्टीलाई सक्दो सहयोग गरेको सम्झिए । गिरीको गत जेठ १२ गते निधन भएको थियो । उनले भने–’पार्टीलाई विगतदेखिनै सहयोग गर्नुभएको हो, स्थानी संगठनमा क्रियाशिल पनि हुनुहुन्थ्यो । निजामती कर्मचारी भएता पनि उहाँले पार्टीको हरेक कार्यक्रममा सहयोग गर्नुभएको हो । हामीले राम्रो सहयोगी गुमाएका छौँ ।’ यसैगरी जनता समाजवादी पार्टीका नेवा संघको केन्द्रिय सल्लाहकार भिमकुमार मर्हजनले गिरी नेकपाको हरेक आन्दोलनमा सहभागी हुने एक गणतन्त्रवादी महिला भएको बताए ।

उनले भने–’उहाँको दुखद निधनले हामी दुखी भएका छौँ । उहाँमा कुनै स्वार्थ थिएन् समाजमा सबै उत्पिडितले न्याय पाउनुपर्छ भन्ने व्यक्ति हुनुहुन्थ्यो । सबैसंग मिल्न सक्ने खालको व्यक्ति हुनुहुन्थ्यो ।’ समवेदना दिन आइपुगेकी काठमाडौँ १४ नम्बर वडा की वडा अध्यक्ष शोभा सापकोटाले गिरीले स्थानीय कमिटीमा रहेर पुर्व एमालेमा रहदाँ धेरै योगदान गरेको बताइन् । उनले भनिन्–’कुनै बेला म र उहाँ एउटै कमिटीमा थियौँ, म एमालेको वडा नम्बर १४ को पार्टी सचिव हुँदा उहाँ सदस्य हुनुहुन्थ्यो । पछि उहाँ र म इलाका कमिटीमा नि थियौँ । पछि अनेमसंघमा संगै काम गरियो । उहाँ सुन्दर, शिष्ट हुनुहुन्थ्यो । लामो समय बिरामी पर्नुभयो निधन हुनुअघि पनि म उहाँलाई भेट्न आएको थिए । उहाँले पार्टीलाई धेरै सहयोग गर्नुभएको छ । केन्द्रिय नेताहरु पनि उहाँसंग प्रभावित हुनुहुन्थ्यो । पार्टीको गोपनियतालाई एकदमै ख्याल गर्ने व्यक्तिको रुपमा उहाँ हुनुहुन्थ्यो । अस्ति बित्नुभयो । उहाँलाई मैले नै पार्टीको झण्डा ओडाएर सम्मान गर्ने अवसर पाए । यो दुखद घडीमा उहाँलाई हार्दिक श्रदाञ्जली दिन चाहन्छु । परिवारमा समवेदना दिन चाहन्छु ।’

यस्तै नेकपा १४ नम्बर वडाका नेता श्यामराजा पाण्डेले भने– हँसिली, मृदुभाषी, सरल र सहयोगकी प्रेरणाको स्रोत हुनुहुन्थ्यो । अहिले उहाँ हाम्रो बिच नभएपनि उहाँ सँगको सामाजिक , राजनितिक सहकार्य मार्फत जनता र राष्ट्रका निम्ति दिनु भएको योगदानका कारण अहिले भौतिकरुपमा उहाँ हामीबीच नभएपनि सधै सम्झीरहने पात्रका रुपमा यो समाजमा रहिरहनु हुनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस