नेकपा सचिवालय बैठक सम्पन्न: एमसीसीबारे थप छलफल हुने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ जेष्ठ १७, शनिबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

जेठ १७,काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पार्टी सचिवालयको अनौपचारिक बैठक सम्पन्न भएको छ। बजेटमा अनुसूचिमा रहेको बजेटको स्रोतमा उल्लेख भएको एमसीसी संसदमै विचाराधीन विषय रहेको हुनाले पछि निर्णयबमोजिम हुनेगरी अर्थमन्त्रीले स्पष्ट पार्ने नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन् ।

त्यस क्रममा प्रधानमन्त्रीले नीति तथा कार्यक्रमको प्रत्युत्तर दिदाँ उल्लेख गर्नुभए बमोजिम भाषा स्पष्ट गरिने उनले बताए ।
हाल एमसीसीले गरिरहेका कामहरूको सम्बन्धमा अनुमोदनपछि गरिनुपर्ने कतिपय काम अघि नबढाउने गरी स्थिति बुझेर स्पष्ट पारिने छ ।
एमसीसीको बारेमा सचिवालयमा व्यापक छलफल गरी पछि निर्णय गरिने प्रवक्ता श्रेष्ठले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस