सभापति देउवाको अग्निपरिक्षा ! कांग्रेसलाई एक मौका

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ जेष्ठ १७, शनिबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail
  • टिप्पणी

जेठ १७, काठमाडौँ । संविधान संशोधनको विषयलाई लिएर कांग्रेस अस्पष्ट देखिएको छ । सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेक समावेश गरी जारी अद्यावधिक नक्सा निशान छापमा राख्न सरकारले संविधान संशोधन गर्न लागेको छ । कांग्रेसमा अहिले संविधान संशोधन गर्न हुन्न भन्ने पक्षमा संस्थापनमै दुईमत देखिएको नेताहरुको अभिव्यक्तिले देखाएको छ । केही नेताहरु केपि ओलीको राष्ट्रवादमा सत्ती जान सकिदैन भन्दै सामाजिक सञ्जालमा लेखिरहेका छन् । कोही चीनलाई देखाएर भारतसंग मात्रै सिमा समस्या होईन् भन्दै यस विषयलाई पछि धकेल्नुपर्ने बताइरहेका छन् । सिमाको विषयमा अहिल्यै तत्काल निर्णय गर्नहुन्न भन्नेमा कांग्रेस केन्द्रिय समितीमा झण्डै १ दर्जन भन्दा नेताहरु देखिएको स्रोत बताउछ । केही प्रभावशाली नेताहरु नै सरकारले ल्याएको संविधान संशोधनको प्रस्तावमा आखाँ चिम्लेर समर्थन गर्न हुन्न, यो एकपक्षिय भयो भन्नेमा छन ।

केही नेताहरु भारतलाई मिलाएर जानपर्छ भन्ने पक्षमा रहेको बुझिन्छ् । उनिहरु भन्छन–’अहिलेको परिस्थितीमा यो संशोधन रोक्नपर्छ । सर्वसहमती हुनेभए मात्रै पार्टीले निर्णय गर्ने नत्र कांग्रेस सरकारको लहलहैमा जान हुँदैन ।’ कांग्रेसभित्र यतिबेला बहुलाईन विचार व्याप्त रहेको छ । तर कांग्रेसमा बहुसंख्यक नेताहरु अहिले सरकारले ल्याएको प्रस्तावमा सहमती राखेर थप रणनिती बनाउन पर्नेमा जोड दिन्छन । उनिहरु भन्छन्– ‘नेपाली कांग्रेसले यतिबेला सरकारले राष्ट्रको जमिन र सिमाका विषयमा पनि कांग्रेस एक भएर सरकारलाई सहयोग नगरे भारतसंगै कांग्रेस सती जान्छ । कांग्रेसको लागी यो महत्वपुर्ण क्षण हो । भोली चुनावमा जानपर्छ, सरकारले राष्ट्रको सिमाना,नक्सा,जमिनको विषयलाई लिएर संविधान संशोधनको प्रस्ताव ल्याएको छ । यसमा कांग्रेसले साथ दिनपर्छ ।’

माथीको भनाईले के संकेत गर्दछ भने नेपाली कांग्रेस फेरी पनि अल्झदै छ । राष्ट्र र राष्ट्रियताको सवालमा खुट्टा कमाउदैछ । यसले आगामी दिनमा नेपाली कांग्रेसलाई भारी घाटा हुनेछ । कांग्रेस प्रतिपक्षी दल हो । उसले सरकारको नराम्रो कामप्रति प्रश्न उठाउन पाउछ । सम्झाउन पाउछ सरकारले चौपट्टै गर्यो भने सडकमा आन्दोलन गर्न पाउछ । तर राष्ट्रिय सवालमा कांग्रेस जस्तो इतिहास बोकेको पार्टीले सही निर्णय लिन सकेन् भने जनताले मुल्याङ्कन त गर्ने नै छन् ।

अहिलेको परिस्थिती पनि कांग्रेस भारतपरस्त हो भन्ने जुन आम नागरिकमा शंका छ त्यस भ्रम र शंकालाई सदाको लागि चिर्न यतिबेला कांग्रेसले एक कदम अघि बढेर सरकारको प्रस्तावमा सहयोग गर्ने निर्णय लिनु उचित देखिन्छ । नत्र कांग्रेस इतिहासमा सधै भारतपरस्तको ट्याग लागिरहने कुरामा कुनै शंका रहदैन् । हो कांगे्रसले भनेजस्तो भारतसंग संवाद गर्नुपर्छ । छिमेकी मुलुक भारतको सम्बन्ध अरु मुलुकसंग दाज्न सकिदैन् । सहमती र वार्ताबाटै सिमानाको समस्या समाधान गर्नुपर्छ । सरकारले यो समस्याको बारेमा टेबलटक गर्नैपर्छ । तर सरकारले ल्याएको एकमात्र राष्ट्रिय निशान छाप परिवर्तन गर्न ल्याउन लागेको संविधान संशोधनको प्रस्तावलाई सहर्ष स्विकार गर्दे छिमेकी मुलुक भारतसंग पनि छलफल गर्न सरकारलाई सुझाउन आवश्यक छ । राष्ट्रियता,राष्ट्रको भुमि र स्वाधिनताको पक्षमा सत्ता पक्ष र प्रतिपक्ष नभनी लाग्न जरुरी छ । यतिबेला कांग्रेसको लागी यही नै हितकर देखिन्छ ।

यतिबेला कांग्रेस सभापति शेरबहादुर देउवालाई पनि महत्वुपर्ण अवसर छ । सधै विवादित काम गरेको, पार्टीलाई एकढिक्का बनाएर लैजान नसकेको, गम्भिर विषयमा सही निर्णय लिन नसकेको जस्ता आरोप लागिरहेका सभापति देउवालाई यो मौका फेरी आउदैन् । उनले पनि पार्टीमा सबैलाई विश्वास दिलाएर कांग्रेसलार्य राष्ट्रियताको पक्षमा उभ्याउनेछन् । मात्र नेकपाको एजेण्डा नसम्झी राष्ट्रको एजेण्डा सम्झेर उनले पार्टीभित्र निर्णय गराउनेछन् । बाँकी कांग्रेसको मर्जी ।

ताजा अपडेट

खोजी गर्नुहोस