बजेटमा पुर्वअर्थमन्त्रीको टिप्पणी: ‘यसपटकको बजेट चुनौतीपुर्ण छ,महत्वकांक्षी होईन्।’

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ जेष्ठ १८, आईतबार (३ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

जेठ १८,काठमाडौँ ।सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपाका स्थायी समिती सदस्य तथा पुर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले बजेट वर्तमान अवस्थालाई मध्यनजर गर्दै आएको बजेटको समर्थन गरेका छन्। आइतबार प्रतिनिधी सभाको बैठकमा बोल्दै उनले बजेट वर्तमान अवस्थाको मर्मअनुरुप नै आएको स्पष्ट पारे।

आगामी आर्थिक वर्षको बजेटबारे भइरहेको नकरात्मक टिप्पणीहरुको खण्डन समेत गरे। ‘‘बजेटको आकार ठुलो भयो, महत्वकांक्षी भयो भन्ने टिप्पणी सुनेको छु’’, नेकपाका सांसद समेत रहेका पाण्डे भने, ‘‘यसपटकको बजेट चुनौतीपुर्ण भने छ, महत्वकांक्षी भने होईन्।’’ राजश्वमा र खर्च गर्ने क्षमतामा गिरावटप्रति पनि उनले चासो व्यक्त गरे।

पुर्वअर्थमन्त्री पाण्डेले बजेटको आकार ठुलो नभएको धारणा व्यक्त गर्दै बजेटको प्रशंसा गर्दै राजश्वले चालु खर्च धान्न नसक्ने भन्दै चिन्ता पनि व्यक्त गरे। उनले ऋण उठाएर चालु खर्च गर्नुपर्ने अवस्था आउन पनि सक्नेप्रति सचेत समेत गराए ‘‘राजश्व संकलनमा चुस्त हुनुपर्छ’’, उनले भने, ‘‘यसो हुन सकेन भने ऋण लिएर घ्यू खाएजस्तो हुनेछ।’’

गत आर्थिक वर्षमा सरकार बजेट कार्यान्वयनमा चुकेको भन्दै यसपटक त्यो गल्ती नदोहोर्याउन उनले ध्यानाकर्षण गराए। ‘‘चालु आर्थिक वर्षमा २८ प्रतिसत हाराहारी मात्र बजेट खर्च भयो, यसले बजेट कार्यान्वयनमा कमजोरी भएको देखिन्छ।’’

ताजा अपडेट

खोजी गर्नुहोस