भाद्र ५,बुटवल । कालिमाटी तरकारी बजारमा व्यवसायीले भोलिदेखि तरकारीको बिक्री वितरण सञ्चालन हुने भएको छ । व्यवसायीले आन्दोलनका कार्यक्रम यथावतै राखे पनि बिक्री वितरण भने नरोक्ने निर्णय लिएका हुन् ।
सरकारले आफ्नो माग पूरा गर्ने प्रतिवद्धता नजनाए पनि व्यवसायीले कृषकलाई पर्ने मर्कालाई ध्यानमा राखेर बिक्री वितरण सुरु गर्न लागेको तरकारी तथा फलफूल व्यवसायी संघका अध्यक्ष खुमप्रसाद घिमिरेले जानकारी दिए ।
सोमबार भएको अनुगमनपछि व्यवसायीले कालिमाटी बजारमा मंगलबार तरकारीको बिक्री वितरण ठप्प पारेका थिए । संघका अध्यक्ष घिमिरेले आन्दोलनका कारण कृषकको उत्पादन कुहिने अवस्था आउने भएकाले संवेदनशील भएर बिक्री नरोक्ने उनले बताए ।
‘हामी आन्दोलनबाट पछि हटेका हैनौं । तर, कृषकलाई मर्का नपरोस् भनेर पसल खोल्ने निर्णय गरेका हौं,’ घिमिरेले भने ।