अनिल शर्मा ‘विरही’ साधारण तारेखमा रिहा

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ जेष्ठ १८, आईतबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

बैशाख १८, काठमाडौ । जिल्ला अदालत चितवनले विप्लव समूहका नेता अनिल शर्मा ‘विरही’लाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ ।

२३ वैशाखमा उपचारका लागि भरतपुर अस्पताल गएका बेला पक्राउ परेका उनलाई प्रहरीले राज्यविरुद्धको कसुरमा मुद्दा चलाएको थियो । जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले अभियोगअनुसार प्रमाण नपुगेको भन्दै रिहा गर्न आदेश दिएको हो ।

प्रहरीले विरही धनुषा घटनामा पनि संलग्न भएको दाबी गरेको थियो । तर अदालतले त्यसलाई पनि अस्वीकार गरेको छ र भरतपुर अस्पतालमै लगेर राख्न भनेको छ ।

उनको तर्फबाट अभिवक्ता कमल पाठक, अपिल पोखरेल र धर्म आचार्यले बहस गरेका थिए ।अदालतको आदेशपछि शर्मालाई भरतपुर अस्पतालको मेडिकल वार्डमा लगिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस