लकडाउनले आत्महत्या बढ्यो, तीन महिनामा ९८२ जनाले गरे आत्महत्या, बागमती प्रदेशमा कति ?

जेठ १९, काठमाडौं । लकडाउन थपिँदै जाँदा आत्महत्या गर्नेको संख्या पनि बढ्दै गएको छ । चैत ११ देखि जेठ १० गतेसम्मको तीन महिनामा ९८२ जनाले आत्महत्या गरेको नेपाल प्रहरी प्रधान कार्यालयको तथ्यांकमा उल्लेख छ ।

लकडाउनका कारण मानिसहरुको व्यापार व्यवसाय चौपट हुनेदेखि बाँच्नसमेत गाह्रो हुने अवस्था देखिँदा मानसिक समस्या थपिएको मनोविज्ञहरु बताउँछन् । त्यसैले धेरैले आत्महत्या रोज्न बाध्य भएको हुनसक्ने उनीहरूको भनाइ छ । कोरोना भाइरसको महामारी र लकडाउनका कारण पछिल्लो दुई महिनामा आत्महत्याको दर ह्वात्तै बढेको छ । अघिल्लो वर्ष हरेक महिना ४७९ को मृत्यु भएको तत्यांकले देखाए पनि लकडाउनको अवधिमा भने यो तथ्यांक ह्वात्तै बढेको हो ।

प्रहरी प्रधान कार्यालयका अनुसार पछिल्लो दुई महिनामा काठमाडौँ उपत्यकामा ४६ जनाले आत्महत्या गरेका थिए । त्यसैगरी, प्रदेश १ मा १६६, प्रदेश २ मा १३३, बाग्मतीमा १४२, गण्डकीमा ११९, ५ मा २२५, कर्णाली प्रदेशमा ५४ र सुदूरपश्चिम प्रदेशमा सयजनाले आत्महत्या गरेका छन् । गत माघमा आत्महत्या गर्नेको संख्या ३६८ रहेको थियो भने फागुनमा ३१५ थियो ।

संम्बन्धित समचार

Leave a Reply