भारतमा ५६ सय जनाको कोरोनाले मृत्यु, प्रभावित मुलुकको सूचिमा ७औँ स्थानमा

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७७ जेष्ठ २०, मंगलबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

जेठ २०, काठमाण्डौ । भारतमा कोरोना भाइरसको संक्रमणबाट ५ हजार ६ सयभन्दा बढीको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा २०० जनाको मृत्यु भएसँगै भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५ हजार ६ सय ८ पुगेको हो । एकै दिन ७ हजार ७६१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

एसियाली मुलुकमा सबैभन्दा बढी कोरोना भाइरसको संक्रमण देखिएको भारतमा कुल संक्रमितको संख्या २ लाख नजिक पुगेको छ । वर्ल्डोमिटर्सको मंगलबार बिहान साढे ५ बजेसम्मको तथ्यांकानुसार १ लाख ९८ हजार ३७० जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ९५ हजार ७५४ जना संक्रमणमुक्त भएका छन् ।

कोराना भाइरसको कोभिड–१९ को संक्रमण फैलिने क्रम नरोकिएपछि भारतमा मार्च २४ देखिको लकडाउन पाँचौ चरण थप्दै जुन ३० सम्म पुर्‍याइएको छ । तर उक्त लकडाउन पनि जुन १ देखि क्रमिक रूपमा खुकुलो बनाउँदै लगिएको छ । यसैबीच कोरोना प्रभावित मुलुकहरूको सूचिमा भारत ७ औँ स्थानमा परेको छ ।

कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट सबैभन्दा बढी प्रभावित देशहरुको सूचीमा भारत सातौं स्थानमा पुगेको हो । भारतमा पछिल्लो समय कोरोना भाइरसको संक्रमण तीव्र रुपमा वृद्धि भइरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस