चार हजार ७०९ नेपाली भित्रिए, सात सय भारतीय बाहिरिए

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ जेष्ठ २०, मंगलबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

जेठ २०, लम्की । सुदूरपश्चिम प्रदेशका विभिन्न नाकाबाट नेपाल भित्रिनेको सङ्ख्या सोमबार अन्य दिनभन्दा घटेको छ । कञ्चनपुरको गड्डाचौकी र गौरीफन्टा हुँदै कैलालीको त्रिनगर नाकाबाट सोमबार चारहजार ७०९ जना नेपाली भित्रिएका छन् । सोही नाकाबाट सात सय भन्दा बढी भारतीय नागरिक बाहिरिएका छन् ।

भारतका विभिन्न शहरबाट आएका सुदूरपश्चिमका नौ जिल्लालगायत पूर्वी नेपालका विभिन्न जिल्लाका उनीहरू कैलालीको गौरीफन्टा र कञ्चनपुरको गड्डाचौकी नाका भएर नेपाल भित्रिएका हुन् । कञ्चनपुर जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक रवीन्द्रनाथ पौडेलले एक हजार ३५२ जना गड्डाचौकी नाका भएर सोमबार नेपाल भित्रिएको बताए । साथै उनले भने २२० जना भारतीय नागरिक बाहिरिएको समेत जानकारी दिए । आइतबारको तुलनामा आधा कम मानिस भित्रिएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस