डा. गोविन्द केसीले सुरु गरे दार्चुलामा अनसन ! (यस्ता छन् तीनबुँदे माग)

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ जेष्ठ २०, मंगलबार (४ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

जेठ २०, दार्चुला । प्रा डा गोविन्द केसीले दार्चुला सदरमुकाम खलंगामा अनसन थालेका छन् । यो उनको १८औं अनशन हो । अनशन दुई दिनसम्म चल्नेछ । सधैं चिकित्सा शिक्षा सुधारको माग राख्दै अनसन बस्ने गरेका उनले यसपटकको अनशनमा सीमाञ्चलका नागरिकहरुको समृद्धि, नेपालको सार्वभौम सत्ताको रक्षा तथा गुणस्तरीय शिक्षा र स्वास्थ्यमा सबैको पहुँचका हुनुपर्ने माग राखेका छन् ।

केसीका माग
१. दार्चुला लगायत सीमा क्षेत्रका बासिन्दाका लागि यातायातको सहज पहुँच निर्माण गर्नुका साथै गुणस्तरीय स्वास्थ्य, शिक्षा र रोजगारीको व्यवस्था गरियोस् ।

२. भारतबाट मिचिएको नेपाली भुमि फिर्ता गर्ने प्रक्रिया तत्काल शुरु गरियोस् ।

३.गण्डकी प्रदेशलगायत डडेल्धुरा, बर्दिवास, उदयपुर, इलाम लगायतका ठाउँमा सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया द्रुत गतिमा अघि बढाइयोस्, गेटा मेडिकल कलेजलाई शीघ्र सञ्चालनमा ल्याइयोस् तथा कर्णाली र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शीघ्र एमबीबीएस कार्यक्रम सञ्चालनको व्यवस्था गरियोस् । हामीसित यस अगाडि भएका सबै सम्झौता कार्यान्वयन गरियोस् ।

ताजा अपडेट

खोजी गर्नुहोस