नेपाल एअरलाइन्सको तीन चार्टर्ड उडानबाट ५८२ यात्रु हङकङ प्रस्थान

जेठ २०, काठमाडौं । नेपाल वायु सेवा निगम नेपाल एअरलाइन्स ले एकै दिन हङकङमा तीन चार्टर्ड उडान गरेको छ । एअरलाइन्सका दुई न्यारोबडी ए ३२० तथा एक वाइडबडी ए ३३० जहाजमार्फत गएराति ५८२ यात्रु हङकङ फर्किएका छन् । उनीहरू लकडाउनका कारण नेपालमा रोकिएका केही हङकङका नागरिक छन् भने अधिकांस हङकङवासी नेपाली हुन् ।

निगमको दुई न्यारोबडी तथा एक वाइडबडी जहाजबाट एकरएक घण्टाको अन्तरालमा हङकङ उडान भरेको निगमले जनाएको छ । निगमको पछिल्लो उडान गए राति ११ बजे भएको थियो । निगमकी प्रवक्ता अर्चना खड्काले दुई न्यारोबडी जहाजले १५५,१५५ र एक वाइडबडी जहाजले २७२ गरी ५८२ यात्रु लिएर हङकङ उडेको बताइन् । तीनवटै जहाज हङकङ पुगेर नेपालतर्फ उडान भरिसकेकाले आज दिउँसोसम्म काठमाडौँ आइपुग्नेछन् । काठमाडौँ हङकङ गन्तव्यको उडान साढे चार घण्टाको रहेको छ । वाइडबडी जहाज त्रिभुवन अन्तर्राष्‍ट्रिय विमानस्थलमा अवतरण गरिसकेको छ । रासस

Related posts

तपाइलाइ कस्ताे लाग्याे ?