एन्फा अध्यक्ष शेर्पाबिरुद्ध कारबाही गर्न धादिङ जिल्ला फुटबल संघसहित चार जिल्लाबाट माग

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७७ जेष्ठ २०, मंगलबार (४ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

जेठ २०, धादिङ । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा्छिरिङ शेर्पाले नेपालको कानून उल्लंघन गरेको भन्दै चार जिल्लाका फुटबल संघका अध्यक्षहरूले प्रधानमन्त्रीसमक्ष कारबाहीको माग गरेका छन् । एन्फा अध्यक्ष शेर्पाले अमेरिकाबाट सञ्चालन भइरहेको दुर्विन नेपालसँगको अन्तर्वार्तामा तराईका मानिसमा राष्ट्रियताको भावना कमी भएको र राष्ट्रियता सिकाउन तराईका चार जिल्लामा ग्रासरूटको कार्यक्रम शुरू गरेको बताएका थिए ।

एन्फा अध्यक्ष शेर्पाले दिएको अभिव्यक्ति नेपालको कानून, विश्व फुटबलको सर्वोच्च निकाय फिफा, एशियाली फुटबल महासंघ एएफसी र एन्फाको विधानविपरीत भएको भन्दै काठमाडौं, भक्तपुर, ललितपुर र धादिङ जिल्ला फुटबल संघका अध्यक्षले कारबाहीको माग गरेका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस