थप पाँचजनामा कोरोना संक्रमण: संक्रमितको संख्या २ हजार १ सय ४ पुग्यो !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ जेष्ठ २०, मंगलबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

जेठ २०,काठमाडौँ । मंगलबार झापामा थप पाँचजना कोरोना संक्रमण पुष्टि भएको छ । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा परीक्षण गर्दा झापाको बुद्धशान्ति गाउँपालिकाले निर्माण गरेको होल्डिङ एरियामा रहेका पाँच जनामा कोरोना पोजेटिभ देखिएको हो ।

रिपोर्ट पोजेटिभ आएपछि पाँचजनालाई विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको अधिकारीले जानकारी दिए ।

पाँचजना संक्रमित थपिएसँगै नेपालमा नेपालमा कोरोना संक्रमितको संख्या २ हजार १ सय ४ पुगेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस