टिचिङमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ९ पुग्यो !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ जेष्ठ २१, बुधबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

जेठ २१, काठमाडौं । त्रिवि शिक्षण अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ। ७६ वर्षीय पुरुष अस्पतालको आइसियूमा उपचाररत थिए । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार दोलखा घर भएका उनको उपचारका क्रममा मृत्यु भएको हो । यो सहित नेपालमा कोरोना संक्रमण देखिएका ९ जनाको मृत्यु भएको छ ।

डा देवकोटाका अनुसार ब्रेन हेमरेज स्ट्रोक भएका ती पुरुष सुरुमा उपचारका लागि काठमाडौं मेडिकल कलेजको शिक्षण अस्पतालमा भर्ना भएका थिए । १५ गते स्वाब परीक्षणका क्रममा कोरोना पोजिटिभ देखिएपछि थप उपचारका लागि त्रिवि शिक्षण अस्पताल लगिएको थियो । आइसियूमा उपचारका क्रममा नै उनको निधन भएको डा देवकोटाले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस