भेनेजुएलामा ७ म्याग्निच्युटको शक्तिशाली भूकम्प

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७५ भाद्र ६, बुधबार (६ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

भाद्र ६, काठमाडौं । भेनेजुएलामा शक्तिशाली भूकम्प गएको छ ।

ट्रिनियाड एन्ड टोबागोको नजिक तटीय क्षेत्रलाई केन्द्रविन्दू बनाएर ७ म्याग्निच्युटको भूकम्प गएको अमेरिकी भूगर्भ विभागले जनाएको छ ।

तर भेनेजुएलाका अधिकारीहरुले भने ६ दशमलव ३ म्याग्नेच्युटको भूकम्प गएको बताएका छन् ।

भूकम्पका झड्का भेनेजुएलाको राजधानी काराकासमा समेत महसुस गरिएको छ ।

शक्तिशाली भूकम्प गएपछि मानिसहरुबीच भागदौड भएको छ ।

भेनेजुएलाका अधिकांश घर खाली गराइएको छ । मानिसहरुलाई खुला ठाउँमा राखिएको छ ।

गृहमन्त्री नेस्टर रेवेरोलले भूकम्पको झड्का देशभर महसुस गरिएको बताएका छन् ।

उनले भूकम्पबाट भएको क्षतिको खबर भने अहिलेसम्म प्राप्त नभएको प्रतिक्रिया दिएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस