भाद्र ६, काठमाडौं । लोक गायिका रेनुका पौडेलले नयाँ तिज गीत ‘नाच मेरी आमा’ बजारमा ल्याएकी छिन् ।
हिन्दु नारीहरुको महान चाड तिज नजिकिँदै गर्दा उक्र तिज गीत निकै राम्रो रुचाईएको छ ।
गायक तथा संगीतकार जिज्ञासु पौडेलको शब्दसंगीतमा रहेको गीत नाच मेरी आमामा तीजमा माईत गएकी छोरीले आमालाई नचाएकी छिन् ।
सानु पाण्डेको निर्देशनमा रहेको गीतको भिडियोमा कलाकारहरु सानु र सिताले अभिनय गरेका छन् ।
गायीका रेनुले यसअघि धेरै नै लोकगीतहरु बजारमा ल्याईसकेकी छिन् ।